स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

फिक्कल, २६ फागुन  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो ।

इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा १ नम्वर प्रदेशलाई खेलकुदको राजधानी बनाउन सबै पक्षको सहयोग उत्तिकै आवश्यक छ ।” प्रदेश सरकारको आयोजनामा अन्तरराष्ट्रियस्तर मुख्यमन्त्री कप समेत आयोजना गरिने बताउँदै उहाँले स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई प्राथमिकता दिइने समेत बताउनुभयो ।

आयोजक माईध्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताउनुभयो । यो प्रतियोगिता गोल्डकपको पाँचौ संस्करण हो । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -