स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

नेकपा नेतृत्वको सरकार सफल : महासचिव पौडेल

विष्णुप्रसाद पौडेल - Bishnu Prasad Poudel - General Secretary of the Nepal Communist Party (NCP)
सेयर गर्नुहोस

बुटवल, २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र देशको एकीकृत अस्तित्व अस्वीकर प्रवृत्तिको अन्त्य गर्न वर्तमान सरकार सफल भएको जिकिर गर्नुभएको छ । उहाँले विखण्डनकारी प्रवृत्तिलाई शान्तिपूर्ण माध्यमबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुरुपको सबै व्यवस्था स्वीकार गराउन सफल भएको बताउनुभयो ।

महासचिव पौडेलले तत्कालीन नेकपा(एमाले)का कुशल सङ्गठक जीवराज आश्रितको स्मृतिमा बुटवलमा स्थापित जीवराज आश्रित प्रतिष्ठानद्वारा स्थापना गरिएको सङ्ग्राहालयको आज बुटवलमा उद्घाटनमा सरकारले देशलाई समृद्धिको बाटोमा अघि बढ्न सक्षम बनाउँदै लगेको बताउनुभयो । उहाँले शान्ति, विकास र सुशासनका सन्दर्भमा कसैसँग नझुक्ने स्पष्ट पार्नुभयो ।

उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, औद्योगिकीकरण र बजारीकरणमा वर्तमान सरकारले प्रमुख प्राथमिताका साथ योजना अगाडि बढाएको बताउनुभयो । महासचिव पौडेलले रुपन्देहीमा सञ्चालित ठूला साना आयोजनाका काम गुणस्तरी र समयमा सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जीवराज आश्रित प्रतिष्ठानका संस्थापक अध्यक्ष पूर्वसांसद देवेन्द्र घिमिरेले प्रतिष्ठानको अवस्था र आगामी कार्ययोजना बारेमा जानकारी गराउनुभयो ।

लन टेनिस कोर्टको उद्घाटन

यसैबीच महासचिव पौडेलले आज नै बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा देवीनगर लन टेनिस कोर्टको उद्घाटन गर्नुभयो । त्यस अवसरमा नेता पौडेलले नेपाललाई चिनाउने सगरमाथा, गौतमबुुद्ध र खेल क्षेत्र भएकाले सरकारले खेलको विकासमा जोड दिएको बताउनुुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुुमार विष्टले निकट भविष्यमै आठौँ राष्ट्रिय खेलकूद हुुन गइरहेकाले यहाँ छनोट भएका खेलाडीले राष्ट्रको गरिमा जोगाउने बताउनुुभयो । कार्यक्रममा जिल्ला खेलकूद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुुरुङ, लन टेनिस रुपन्देहीका अध्यक्ष अशोक गुुरुङले खेलाडी संरक्षण र खेलको विकासका लागि राज्यले अझ ध्यान दिन सकेमा देशको गरीमा अझ बढ्ने बताउनुुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -