स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

खानको लागि सजिलो र स्वादिलो मकैको सातुको

सेयर गर्नुहोस

पर्वत, २५ फागुन : नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो ।

आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको लागि मात्र प्रयोग हुने गरेको छ । क्यालोरी, सुगर, फाइवर, ओमेगालगायतका तत्व पाउन सकिने मकैको खाने चलन हराउँदै गएको बेलामा पर्वतमा भने खानको लागि सजिलो र स्वादिलो बनाएर पहिलोपटक व्यावसायिक रुपमा मकैको सातुको उत्पादन थालिएको छ ।

फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रशोधन उद्योगले स्वास्थ्यमासमेत फाइदा पु¥याउने भएकाले मकै खाने बानी बढाउन यसको सातु उत्पादन गरेर बजारमा पठाउन थालेको छ । यस अगाडि लप्सी, अमला, सुन्तला, खुर्सानी, अदुवालगायतका खाद्य वस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुसजस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएको थियो । यस वर्षबाट भने मकैको सातु पनि उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो ।

“मकै खानु स्वास्थ्यको लागि राम्रो हो । अहिले भात खाने प्रवृत्तिले मकैको महत्व घटेको छ” भुसालले भन्नुभयो, “अरु खाद्यान्न पनि मिसाएर प्रशोधन गरिएको सातु स्वादिलो छ । यसले चामलको सट्टामा मकै खाने बानीको विकास गर्न सक्छ भन्ने पनि लागेको छ ।”

पौष्टिक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, पाँच प्रतिशत बदाम, तीन प्रतिशत चिनी, एक प्रतिशत नुन, एक प्रतिशत अदुवा, मरिच र अलँैची राखिएको छ ।

उद्योगले फलफूलको अलावा कोदो र गहुँको परिकार पनि बजारमा ल्याएको छ । स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरिएको छ भने सातुलाई उत्पादनको छ महीनासम्म प्रयोग गर्न सकिने छ । विश्वमा मकै उत्पादन गर्ने र खाने प्रचलनमध्ये अमेरिकाबाट शुरु भएको थियो । बजारमा जौ, चनालगायत अन्य खाद्यवस्तुको सातुको माग बढ्दै गएका बेला मकैको सातुले पनि राम्रो बजार पाउने देखेर उत्पादन थालिएको भुसालको भनाइ छ । उहाँको उद्योगमा उत्पादित मकैको सातु सदरमुकाम कुश्माबजार, पोखरा, काठमाडाँै, नारायणगढलगायतका बजारमा पठाइने भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -