स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

बढ्दो गर्मी र लामो खडेरीका कारण दूधको अभाव

milk
सेयर गर्नुहोस

अमरगढी, २४ फागुन  : डडेल्धुरा सदरमुकाम र आसपासका बजार क्षेत्रमा ग्रामीण क्षेत्रबाट दूध आपूर्तिमा कठिनाइ देखिएको छ । बढ्दो गर्मी र लामो खडेरीका कारण दुधालु गाईभैँसीले दूध दिन छाडेपछि ग्रामीण क्षेत्रबाट दूध आपूर्ति हुन नसक्दा सदरमुकाम क्षेत्रमा अभाव देखिएको हो ।
जिल्ला बाहिरसमेत दूध आपूर्ति गर्दै आएको डडेल्धुरामा पछिल्ला वर्षमा दूध उत्पादन ह्वात्तै घटेको छ । पछिल्ला वर्षमा दूध उत्पादन घट्दा जिल्लामा दूध आपूर्ति ठप्प भएको छ । दुधालु चौपायालाई उचित घाँसको अभावमा दूध उत्पादन घट्ने गरेको किसानले बताएका छन्् ।

दूध उत्पादन घटेकाले आपूर्ति अहसज हुँदा अन्य जिल्लाबाट समेत दूध भित्र्याउन नसकिएको स्थानीय व्यवसायी बताउँछन् । गाईभैँसीे उचित आहार नपुग्ने भई गाईभैँसीले दूध कम दिन थालेका र अर्कोतर्फ दूध र यसबाट बनाइने मही तथा दहीको माग बढ्ने गरेकाले पनि दूध अभाव भएको अमरगढी नगरपालिका–७ जोशी गाउँका कृषक राजेन्द्र जोशीले बताउनुभयो ।

छिमेकी जिल्लाबाट समेत दूध आपूर्ति हुन नसक्नु र भारतबाट मगाउँदा निकै महँगो पर्ने भएकाले दुग्धजन्य उत्पादन घटाउन बाध्य भएको सदरमुकाममा रहेका मिठाई पसल र डेरी उद्योगका सञ्चालक बताउँछन् । दूध आपूर्ति नहुँदा चिया बनाउन समस्या भएको सदरमुकाम तुफानडाँडास्थित प्रभात होटलका सञ्चालक सन्तोष भट्टले बताउनुभयो । दैनिक पाँच लिटरसम्म दूध खरीद गर्ने गरेका उहाँले हाल बजारमा दूध पाउन समस्या भएकाले व्यवसायनै प्रभावित भइरहेको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -