प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन : मुख्यमन्त्री पोखरेल प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन : मुख्यमन्त्री पोखरेल



रुपन्देही, २४ फागुन : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ ।
प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार गम्भिर रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य, लायन सुनिल ओझा, नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्रले प्रदेश सम्बृद्ध बनाउन सबै नागरिकका हक र अधिकार सुनिश्चित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।



लायन्स क्लब अफ बुटवल सयपत्री र नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शुरु भएको प्रतियोगितामा १२ समुहको सहभागिता रहेको सयपत्री क्लबका अध्यक्ष रोशनी पाण्डेले जानकारी दिनुभयो ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि