स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

गायत्री महायज्ञ सम्पन्न

सेयर गर्नुहोस

वीरगञ्ज, २२ फागुन : वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेध गायत्री महायज्ञ’ आज विधिवत्रुपमा सम्पन्न भयो ।

चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हवन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको सो महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रका साथ हबन यज्ञादी गरेका थिए ।

महायज्ञमा दैनिकरुपमा हवनयज्ञ, गोष्ठी, रथपरिक्रमा, दीपयज्ञ लगायतका धार्मिक अनुष्ठान भएको थियो । अश्वमेध गायत्री महायज्ञले मधेशी पहाडी दलित गैरदलित महिला पुरुषबीचमा विभेद्लाई अन्त्य गरेपछि सो महायज्ञमा पूजाअर्चना गर्न दलित समुदायका मानिसको उल्लेखनीय सहभागिता थियो ।

नेपाललगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरातलगायत विदेश गरी ४० मुलुकका करीब तीन लाख श्रद्धालु आएको आयोजक समितिको जिकिर छ ।

महायज्ञ समापन अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्व भौतिकवादमा डुबेको बेला आध्यात्मिक ज्ञान प्राप्त हुने यो ठूलो महायज्ञले विश्वमा अमनचयन र शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आजको विश्वमा एक देशले अर्को देशलाई, एक सम्प्रदायले अर्को सम्प्रदायलाई समाप्त पारी आफ्नो वर्चश्व कायम गर्न खोजेको यो परिवेशमा धर्म र संस्कृतिको माध्यमबाट अपनत्व खोज्नु उत्तम उपाय भएको बताउनुभयो ।

महायज्ञ मूल समारोह समितिका संयोजक डा उपेन्द्र महतोले सुख, शान्ति र समृद्धिका लागि महायज्ञ सफल भएको बताउनुभयो । महायज्ञ आयोजक समितिका संयोजक तथा वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -