स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

‘कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन’

सेयर गर्नुहोस

बेत्रावती, १४ फागुन  प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको भन्दै चिन्ता जनाउनुभएको छ ।

नुवाकोट भ्रमणको क्रममा आज विदुरमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रियामा सहभागीले कर्मचारी अभावमा कार्य सञ्चालन गर्न अप्ठ्यारो भएको गुनासो गरेपछि मुख्यमन्त्री पौडेलले समाधानको लागि समायोजन प्रक्रिया सोचेपनि समस्या झनै बल्झिने सङ्केत देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्षेत्र रोज्ने कर्मचारी पनि सङ्घअन्तर्गतका कार्यालयमा जान पहिलो प्राथमिकता दिने र परिचालन पनि सोहीअनुसार हुने देखिएकाले समायोजनपश्चात पनि प्रदेश र स्थानीय तहमा कायम रहेको कर्मचारी अभाव उस्तै हुने देखिएको छ ।”

समायोजनपछि अभाव हुने कर्मचारी स्वतन्त्र (करार सेवा)बाट भर्ना गर्ने सोच बनाएकाले त्यसको लागि प्रदेश सरकार कानूनी परामर्शको क्रममा रहेको उहाँले भन्नुभयो । “शान्ति सुरक्षा कायम गराउन र जनतालाई अमनचयन दिन अभाव भएको स्थानमा प्रहरी एकाइका भवन, सडक निर्माणलगायतका जिम्मेवारी प्रदेश सरकारले लिएको छ तर काम गर्न कर्मचारी र कानून अभावले केहीलाई सङ्घलाई फिर्ता गर्न बाध्य भएकाले सङ्घीयता कार्यान्वयन कमजोर अवस्थामा जानसक्ने देखिएको भन्दै मुख्यमन्त्री पौडेलले चिन्ता जनाउनुभयो ।

नुवाकोटमा रहेको त्रिशूली अस्पताल, स्वास्थ्य कार्यालय, भेटनरी अस्पताल, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय तथा सबैजसो स्थानीय तहबाट मुख्य मन्त्रीसँगको अन्तक्र्रियामा सहभागी प्रतिनिधिले कर्मचारी र कानूनको अभावमा कार्यसम्पादन निराशाजनक रहेको र सेवा खस्कदै गएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

सोही क्रममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जिल्लाको शान्ति सुरक्षा, जनतालाई प्रवाह हुँदै आएको सेवा, तीन तहको सरकारबीच भइरहेको समन्वय एवं त्यसक्रममा उत्पन्न समस्याको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -