स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

महिलालाई रोग नलुकाउन आग्रह

सेयर गर्नुहोस

चिप्लेढुङ्गा, १३ फागुन : पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ ।

पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम गुरुङले महिलाले आफ्नो रोग लुकाउने र खुलेर आफ्नो समस्या नराख्दा स्वास्थ्य जोखिममा हुने गरेको र ज्यान गुमाउनुपरेको बताउँदै नेपालमा दुई लाख महिलाको मृत्यु पाठेघरको अर्बुदरोगबाट हुने गरेको तथा यसमा विश्वमा नेपाल दोस्रो स्थानमा रहेकाले यसबाट बच्न खानपान र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।

गुरुङका अनुसार कसैलाई अर्बुदरोग भएको प्रमाणित भएमा महानगरपालिका एवं गाउँपालिकाको सिफारिसमा नेपाल सरकारले रु एक लाख बराबरको उपचार सेवा निःशुल्क गराएको छ । सत्तरी वर्षभन्दा माथि उमेरकालाई पनि सेकाइ निःशुल्क हुने गरेको छ ।
सो अवसरमा डा प्रेमराज पंगेनीले पाठेघरको मुखको अर्बुदरोगबारे १० वर्ष अगाडि नै जानकारी हुने भएकाले पहिल्यै परीक्षण गर्न आग्रह गर्नुभयो । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जनचेतनाको अभावले गर्दा कतिपय दिदीबहिनीले आफ्नो रोग लुकाउने र परिवारका सदस्यले साथ नदिने गर्दा अन्तिम अवस्थामा मात्रै परीक्षण गर्न आउने गरेको बताउनुभयो ।

यसैबीच महानगरले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । दमकल मार्ग नयाँ बजारमा १० प्रकारका स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने गरी केन्द्र सञ्चालनमा ल्याउने भएको हो । बहिरङ्ग सेवा, मातृशिशु सेवा, सरुवा रोगको रोकथाम र उपचार, नसर्ने रोग र स्वस्थ जीवनशैली, आयुर्वेद र परम्परागत औषधि, स्वस्थ वातावरण प्रवद्र्धन, महामारी एवम् विपद् व्यवस्थापन, ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा र उपचारका लागि सिफारिस गर्ने लगायत १० प्रकारका सेवा दिने गरी केन्द्र स्थापना गरिएको शहरी स्वाथ्य केन्द्रका प्रमुख मधुमाया तिमिल्सिनाले जानकारी दिनुभयो ।
अहिले भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र पूर्वाधार निमार्णसँगै दक्ष जनशक्तिबाट सेवा प्रदान गरिने केन्द्रका जनस्वास्थ्य अधिकृत नवराज पौडेलले जानकारी दिनुभयो । (तस्वीर छ)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -