उपचार अक्षयकोषका लागि प्रवासीद्वारा रु ४० लाख सहयोग उपचार अक्षयकोषका लागि प्रवासीद्वारा रु ४० लाख सहयोग



३१

म्याग्दी, १३ फागुन : जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन् ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना गरेको कार्यक्रममा सो सहयोग जुटेको हो । मोना हङकङको २०आँै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ११ जनाले रु दुई लाख सहयोग गरेर संरक्षक सदस्यता लिएको अभियानका लागि हङकङ पुग्नुभएका कोषका सचिव लोक पुनमगरले जानकारी दिनुभयो ।



संरक्षक सदस्यता लिनेमा मोनाका संस्थापक प्रकाश पुन, मोना हङकङका वरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, निवर्तमान अध्यक्ष इन्द्र थापामगर, अध्यक्ष कर्ण पुन, कोषाध्यक्ष नारायणसिंह पुन, सचिव जेबेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा, ज्ञानेन्द्र थापा, पदम शेरचन, गोमा पुन, संरक्षक इञ्जिनीयर हर्कमान मगर र कार्यसमितिका सदस्य लील रोका रहनुभएको छ ।

सो कार्यक्रममा रु ३१ लाख ३५ हजार जुटेको थियो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले रु डेढ करोडदेखि रु दुई करोडको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट विपन्न म्याग्देलीलाई औषधोपचारका लागि सहयोग गरिने बताउनुभयो । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएका १०१ म्याग्देलीको उपचारका लागि रु एक करोड ८२ लाख सहयोग जुटाएको छ । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ की ओमकुमारी पुनको स्मृतिमा चार वर्षअघि कोष स्थापना गरिएको थियो ।

शान्तिको उपचारको क्रममा सञ्चालित अभियानबाट बचत भएको रु १३ लाख ७८ हजारबाट शुरु भएको कोषमा यसअघि स्वदेश तथा विदेशबाट रु ६२ लाख सङ्कलन भएको छ । मुटु, मिर्गाैला, क्यान्सरलगायत जटिल रोगबाट थलिएका म्याग्देलीलाई सघाउन रु डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग सङ्कलन अभियान सञ्चालन गरिँदै आएको छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि