स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

‘किसान सचेत हुनुपर्छ’

सेयर गर्नुहोस

काठमाडौँ, १२ फागुन  : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विषादी र रासायनिक मल प्रयोग कम गर्न किसान सचेत हुनुपर्ने बताउनुभएको छ । ‘खाद्य मेला–२०७५’ को समापन कार्यक्रममा देशमा उत्पादित अर्गानिक उत्पादनलाई ‘ब्राण्ड’ गर्न सकियो भने त्यसबाट धेरै फाइदा हुने उहाँले औँलाउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाने बानीमा सुधारका लागि मेलाले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आम उपभोक्तालाई सजग बनाउन अरू जिल्लामा समेत मेलाको आयोजना हुनेछ ।”

विभागले चौथो पटक आयोजना गरेको मेलालाई मन्त्रालयका सचिव युवकध्वज जिसीले शुक्रबार उद्घाटन गर्नुभएको थियो । मेलामा जम्मा ४५ स्टल रहेको विभागले बताएको छ । विभिन्न उद्योगले उत्पादन गरेका खाद्यन्नको १५, खाद्य प्रविधि विषय पढाइ हुने कलेजको २२ र अचार, जाम, पाउरोटीलगायत खाद्यन्न उत्पादन गर्ने साना उद्योगका १८ स्टल रहेको आयोजकले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -