स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

नेपाली फुटबलको विकास गर्छु: प्रशिक्षक कलिन

सेयर गर्नुहोस

काठमाडौँ, १२ फागुन : नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताउनुभयो । प्रशिक्षक कलिनले एन्फासँगको सम्झौतामा अवसर र चुनौती दुवै रहेकाले आसन्न साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

विसं २०७० मा काठमाडौँमा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको जिम्मेवारी समाल्न उहाँ नेपाल आउनुभएको थियो । सो प्रतियोगितामा कलिनको प्रशिक्षणमा रहेको मच्छिन्द्र क्लब दोस्रो भएको थियो । “नेपाली फुटबलमा ठूलो सम्भावना छ”, कलिनले भन्नुभयो । उहाँले आगामी चैतमा मलेसियासँग हुने मैत्रीपूर्ण खेलको तयारीमा जुट्ने बताउनुभयो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कागजी प्रक्रिया मिलाउन बाँकी रहेकाले कलिनसँगको सम्झौताबारे केही दिनमा सार्वजनिक गरिने बताउनुभयो । एन्फाले स्विडेनका नागरिक कलिनसँग दुई वर्षका लागि सम्झौता गरेको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -