स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिए

United Nations - TON
सेयर गर्नुहोस

बामाको, १२ फागुन :– मालीमा तैनाथ तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक लुटेरा समूहको आक्रमणमा मारिएका छन् । स्रोतका अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो ।

मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनिक रहेका छन् । मालीमा तैनाथ राष्ट्रसङ्घीय मिसन (मिनुस्मा) मा गिनीका झण्डै ९०० सैनिक कार्यरत छन् । मिनुस्मामा गिनी समेत विभिन्न देशका करिब १५ हजार सैनिक रहेका छन् ।

मिनुस्माले जारी गरेको एक वक्तव्यमा राजधानी बामाकोबाट करिब ४४ किलोमिटर दक्षिणपश्चिमको शिबी भन्ने स्थानमा शुक्रबार बिहान अपरिचित सशस्त्र समूहले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको जनाइएको छ ।
आक्रमणमा अर्का एक सैनिक घाइते भएका छन् ।

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले एक वक्तव्य जारी गरी आक्रमणको निन्दा एवं भत्र्सना गर्नुभएको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले समेत आक्रमणको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ ।

इस्लामिक अतिवादीहरुले सन् २०१२ मा उत्तरी मालीमा कब्जा जमाएपछि राष्ट्रसङ्घले शान्ति सैनिक पठाएको छ ।

सन् २०१५ मा बामाको सरकार र सशस्त्र विद्रोहीबीच शान्ति सम्झौता भइसकेको छ । तर इस्लामिक विद्रोहीले हत्याहिंसाका घटना नरोकेका कारण उक्त सम्झौताको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

सन् २०१३ मा राष्ट्रसङ्घीय शान्ति सैनिक परिचालन भएयता मालीमा १९० जनाभन्दा बढी सैनिकको मृत्यु भइसकेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -