स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

रेन्बो इन्टरनेशनल कलेजले मनायो १२ औँ वार्षिकोत्सव

सेयर गर्नुहोस

काठमाडौँ, १२ फागुन: रेन्बो इन्टरनेशनल कलेज, डल्लु, काठमाडौँले स्थापनाको १२ वर्ष पूरा गरेको उपलक्ष्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्य र त्रि.वि. शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व कलेज व्यवस्थापन समितिका अधक्ष्य प्रा. रत्नलाल प्रधानले गर्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. बालमुकुन्द रेग्मी, प्रा. नेत्र धिताल, प्रा. राजभाइ कर्मचार्य, मधुसुधन श्रेष्ठ लगायतका व्यक्तिहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
शिक्षाध्यक्ष त्रिपाठीले नीजि क्षेत्रबाट शैक्षिक जगतमा पु¥याएको योगदानको चर्चा गर्नु भयो भने डिन गौतमले नीजि क्षेत्रलाई सरकारले विभेद गर्न नहुने कुरा वक्तव्यमा उल्लेख गर्नुभयो । प्रा.डा. बालमुकुन्द रेग्मीले व्यवहारिक शिक्षा नै आजको आवाश्यकता हो भन्ने कुरामा जोड दिनुभएको थियो भने कलेजका संस्थापक क्याम्पस प्रमुख डा. विष्णु खनालले विश्व विद्यालय तहमा विद्यार्थीको सङ्ख्या न्युन हँुदै जानु दुर्भाग्यपूर्ण भएको र सो का लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको थियो ।

कलेज प्रमुख केदारप्रसाद सिम्खडाले कलेजको गतिविधि एवम् प्रगति विवरण पेश गर्नभएको थियो भने डा. रामहरि ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रम प्राचार्य विनोदबाबु ढकालले संचालन गर्नु भएको थियो । कार्यक्रममा विद्यावारिधि गर्नुहुने अध्यापनरत शिक्षक गणेश धमला साथै स्थापना काल देखिनै कलेजमा व्यवस्थापन, शिक्षण र शैक्षिक उन्नतिका लागि प्रत्यक्ष सहयोग गर्नहुने प्रा. रत्नलाल प्रधान, प्रा.डा. बाल मुकुन्द रेग्मी, प्रा. केशवराज पोखरेल, डा. विष्णु खनाल, डा. रामहरि ढकाल, केदार प्रसाद सिम्खडा, विनोदबाबु ढकाल, आइत वि.क., शान्ति अर्याल, मधुसुधन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न वार्षिकोत्सव कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागतका साथै अध्ययन सकेर जाने विद्यार्थीहरुलाई बिदाई पनि भव्य रुपमा गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -