नेपालको विकासमा बेलायतको चासो नेपालको विकासमा बेलायतको चासो



काठमाडौँ, १० फागुन  : बेलायतको भ्रमणमा रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गर्नुभएको छ ।

नेपालमा बेलायती लगानी भित्र्याउने प्रयासमा उक्त देशको भ्रमणमा रहनुभएका उहाँसँग आज त्यहाँको संसद् हाउस अफ कमन्समा भएको भेटमा राज्यमन्त्री वेटस्ले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, सङ्घीयता कार्यान्वयन र विकासको बारेमा जिज्ञासा राख्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

जवाफमा मन्त्री खतिवडाले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको बताउँदै समावेशीताको अभ्यास भइरहेको बताउनुभयो । नेपालको संसद्मा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सीमान्तकृत समुदायको एक तिहाइभन्दा बढीको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।

नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउने प्रतिबद्धता राज्यमन्त्री वेटस्ले व्यक्त गर्नुभयो । अर्थमन्त्रीले बेलायतका दुई दर्जनभन्दा बढि कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसँग आजै छलफल गरी नेपालमा लगानीको अवसर, वातावरण र प्रतिफल सुनिश्चित रहेको स्पष्ट पार्नुभएको उक्त मन्त्रालयले जनाएको छ । आगामी चैत १५ र १६ गते नेपालमा आयोजना हुने लगानी सम्मेलनमा सक्रिया सहभागिताका निम्ति मन्त्री खतिवडाले उद्यमीहरुलाई आग्रह पनि गर्नुभयो ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय