स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

पञ्चासे केबलकार निर्माण चरणमा

सेयर गर्नुहोस

काठमाडौँ, ९ फागुन  : पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ ।

पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले आज यहाँ पत्रकार सम्मेलन गरी पोखरादेखि पर्वतसम्मको सो दूरीको केबलकारको सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको जानकारी गराएको छ ।

पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सो केबलकार रु ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको हो । उक्त केबलकार नेपालकै सबैभन्दा ठूलो र लामो हुने कम्पनीले जनाएको छ ।

‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर’ केबलकार निर्माणका लागि सरकारसँग करीब तीन हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भइसकेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । निजी–साझेदारी सहकार्यमा निर्माण गरिने सो केबलकार नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्ने विश्वास गरिएको छ । उक्त केबलकार निजी, सामुदायिक र जनसहभागितामा निर्माण गरिनेछ ।

उक्त परियोजनाका लागि लाग्ने लागतका लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागिताबाट जुटाउने अध्यक्ष शर्माको भनाइ छ । उक्त परियोजनाले दश हजार नेपालीलाई रोजगारी प्रदान गर्ने निर्माण कम्पनीको दाबी छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -