स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी

सेयर गर्नुहोस

वासिङ्टन, ९ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताउनुभयो ।

यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि मलाई लाग्छ त्यो बैठक सफल हुनेछ– उहाँले भन्नुभएको छ । उहाँले सो बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने धारणा राख्नुभयो ।

त्यस बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पारिने धारणा उहाँले राख्नुभएको छ । राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनायो भने अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताउनुभएको हो ।

अमेरिकाले वास्तविक रुपमा उत्तर कोरियाको नाकाबन्दीको हटाउन चाहेको तर पनि उत्तर कोरियाको तर्फबाट पनि निःशस्त्रीकरण पूर्ण रुपमा लागू भएको हेर्न आफूले चाहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -