चिया खेतीबाट गाउँ बदल्ने धूनमा लाहुरे चिया खेतीबाट गाउँ बदल्ने धूनमा लाहुरे


tea - the times of nepal
१२

फिक्कल, इलाम, २ माघ ९रासस० ः अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहनु भएको मात्र छैन चिया किसानलाई उद्यमको पाठ पनि सिकाइरहनु भएको छ ।
कुरा देउमाई नगरपालिका जितपुरका सुरेश लिम्बूको हो । उहाँ लक्का जवानीमा ब्रिटिश आर्मीमा भर्ना हुनुभयो । बीस वर्षको उमेरमा आर्मीमा भर्ना हुनुभएका उहाँले करीब छ वर्ष मात्र त्यहाँ काम गर्नुभयो । छुट्टीको समयमा घर आउँदा जितपुरमा चियाको सम्भावनाका विषयमा बहस चल्दै थियो । उसबेला ब्रिटिस आर्मीको जागीर कमाइ र इज्जतका दृष्टिले आकर्षकै मानिन्थ्यो । नेपालमा नै केही काम गर्ने सोच बनाएपछि उहाँले जागीर छोडेर चिया उमार्ने निर्णय गर्नुभयो ।

दार्जिलिङको अध्ययनपछि सोझै आर्मीमा भर्ती हुनुभएका उहाँले छ वर्ष जागीर खाएर छोड्नुभयो । अनि जन्मथलो जितपुरमा आएर चिया रोप्न थाल्नुभयो । एक सय रोपनी भन्दा बढी क्षेत्रफलमा चिया रोप्नुभएका उहाँले हरियो चिया पत्तीबाट रामै्र आम्दानी लिन थाल्नुभएको थियो ।



हरियो पत्ती भन्दा पनि चिया नै प्रशोधन गरेर बेच्दा राम्रो कमाइ हुने थाहा पाएपछि उहाँले जितपुरमै चिया कारखाना खोल्ने सोच बनाउनुभयो । कृषि विकास बैंकबाट कर्जा लिएर करीब दुई करोडको लगानीमा विसं २०५७ मा उहाँले चिया कारखाना शुरु गर्नु भयो । गाउँलेले पनि उहाँकै सिको गर्देै चिया लगाउन शुरु गरे । मिष्ट भ्याली चिया कारखाना खोल्नु भएका उहाँ तीन वर्षमा कारखानामै चिया प्रशोधन गर्न सफल हुनुभयो । विसं २०६१ वैशाखदेखि नयाँ कारखानामा नयाँ यामको चिया प्रशोधन गर्न थाल्नुभयो ।

शुरुमा नेपालका विभिन्न बजारमा आफ्नो उत्पादन बेच्नु भएका उहाँले पछि भारतीय बजारमा पनि आफ्नो उत्पादन पु¥याउन थाल्नुभयो । ग्रामीण भेगमा कारखाना सञ्चालन गर्दा धेरै आरोह र अवरोध भोगेका लिम्बूले राम्रै गरी कारखाना सञ्चालन गर्न पनि थाल्नुभयो ।

शुरुमा चिया प्रशोधन गर्न कारखानाको क्षमता पनि कम थियो । धेरै प्रकारका चिया पनि उत्पादन हुँदैनथ्यो । बिजुली गइरहने समस्या उत्तिकै थियो । कारखानालाई थप मजबुत बनाउने सोच भइरहेका बेला करीब पाँच वर्ष अघि उन्नति समावेशी वृद्धि कार्यक्रमले चिया उद्यमीलाई सहयोग गर्ने खबर आइपुग्यो । उन्नतिमा प्रस्ताव पेश गरिएका लिम्बूको प्रस्ताव स्वीकृत भयो । उन्नतिले उहाँको चाहना र काम गर्ने जा“गर बुझेपछि साझेदारीमा चिया कारखानालाई थप मजबुत बनाउन काम अगाडि बढायो ।

हार्डवेयर र सफ्टवेयरको कामका लागि संयुक्त कार्यक्रम २ करोड ५९ लाख रुपैया“ लागतमा काम शुरु गरियो । कार्यक्रमअन्तर्गत भवन निर्माण र आवश्यक अत्याधुनिक उपकरण खरिद गर्नु थियो । सफ्वेयरअन्तर्गत किसानलाई तालीम दिने, गोठ सुधार गर्ने लगायतका कार्यक्रम थियो ।

उन्नतिस“गको सहकार्यपछि उहाँले हरियो चियापत्ती सुकाउन इन्जाइमर, लिफ्ट कन्भर्टर, आरनट पक्का सटर, टि ब्रेकर, टि ब्याक प्याकेजिङ, डिप प्युरिङ मेसिन, चिया सङ्कलनका लागि ट्रक, १२५ केभिए र ४० केभिए का दुईवटा जेनेरेटर लगायतका १८ प्रकारका सामग्री खरिद गर्नुभयो ।

ग्रीन टि निर्माण गर्न आवश्यक एउटा नयाँ भवनसमेत उन्नतिकै सहयोगमा निर्माण गरिएको उहाँले बताउनुभयो । चियालाई आइएसओ मापदण्ड अनुसारको सरसफाइको व्यवस्था समेत गरिएको छ । कारखानाको भुइँमा टायलसमेत बिच्छ्याइएको छ । महिला र पुरुष शौचालय निर्माण गरिएको छ । यी सामग्री सँगै किसानहरुसँग गोठ सुधार कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

चिया उत्पादन भए पनि गाउँका भित्री सडकमा सवारी पुग्न नसक्दा चिया सङ्कलनमा समस्या थियो तर उन्नति समावेसी परियोजनाले बनाएको गाग्रे भन्ज्याङ – जितपुर – सोयाक – चिसापानी सडकले थप टेवा पुगेको छ । हाल चियाको याममा हरियो पत्ती र तयारी चिया खरिद गरेको ट्रक मार्फत नै सङ्कलन र बिक्री भइरहेको उहाँले बताउनुभयो । कारखानामा आवद्ध रहेका जितपुरभित्र रहेका चार वटा सहकारीका किसानहरुको चिया उत्पादन गरिरहेको उहाँले बताउनुभयो । किसानको उत्पादनको अग्र्यानिक प्रमाणीकरण गर्ने काम पनि अघि बढेको उहाँले बताउनुभयो । अग्र्यानिक प्रमाणीकरण भएपछि चियाको बजार मूुल्य बढ्ने र माग समेत उच्च हुनेछ आशा गरिएको छ ।

गोठ सुधार कार्यक्रमअन्तर्गत ४३ किसानले पशुको मलमूत्र व्यवस्थापनमा सहयोग पाइरहेका छन् । उहाँहरुले कार्यक्रम अन्तर्गत प्रतिगोठ १० हजार रुपैयाँ पाएका छन् । सञ्चालक सुरेशले भन्नुभयो – “उहाँहरु आफैँले प्रतिगोठ १० हजार थपेर गाईभैँसीको गोठ सुधार गर्नुभएको छ ।”
यो कार्यक्रम शुरु भएसँगै गाइभैँसीको गोठमा किसानले सिमेन्ट लगाएर थलो निर्माण गरेका छन् । वस्तुको पिसाब बग्ने गरी गोठ निर्माण गरिसकेपछि जम्मा भएको पिसाब चियाबारीमा प्रयोग गर्ने गरेको बताइएको छ । उन्नति कार्यक्रमसँगको सहकार्यमा मिस्ट भ्याली चिया कारखानाले ५० प्रतिशत अनुदानमा किसानहरुको गोठ सुधार कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम सञ्चालन भएपछि प्रत्येक किसानले १० हजार रुपैयाँ पाएका थिए । किसानहरुले गोठ सुधार कार्यक्रमबाट आफूहरुलाई राम्रै फाइदा पुगेको बताएका छन् ।

गोठ सुधार कार्यक्रमले आफूहरुलाई अग्र्यानिक खेतीको बाटोमा हिँड्न समेत सहयोग पुगेको किसानहरुले बताएका छन् । कुल ३५३ जना किसानले हाल लिम्बूले सञ्चालन गरेको कारखानामा चिया बिक्री गर्छन् । तीमध्ये हाल १०० किसानले उत्पादन गरेको चियाले अग्र्यानिक प्रमाणपत्र प्राप्त गरिसकेका छन् । कारखानाले ६ वटा किसान समूहबाट समेत चिया खरिद गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारको मागअनुसार आवश्यक ग्रीन टि निर्माण गर्न र प्याकेजिङ गर्न उन्नत समावेसी परियोजना आफ्ना लागि निकै फलदायी बनेको सुरेशले बताउनुभयो । उहाँले भन्नुभयो – “दुई वर्ष पछि गर्ने सोच बनाएको काम एकै वर्षमा पूरा गरियो ।” ग्रीन टि हाल भारत, अस्ट्रेलिया, डेनमार्क लगायतका युरोपेली मुलुकहरुमा जान थालेको छन् ।

गत वर्ष प्रतिकिलो ५२ रुपैयाँमा बिक्री भएको चिया यस वर्ष ६० रुपैयाँ बिक्री भएको किसानहरु बताउँछन् । चियाको प्रतिकिलो ८ रुपैयाँ भाउ बढ्नु पनि ठूलै उपलब्धिका रुपमा लिइएको छ । अग्र्यानिक प्रमाणीकरण, कारखानाको क्षमता विस्तार, मूल्य वृद्धिमा मात्र हैन धेरै प्रकारका चिया उत्पादनमा उन्नतिले गर्दै आएको सहयोग आफ्ना लागि ठूलो अवसर भएको सञ्चालक सुरेश बताउनुहुन्छ ।

कार्यक्रम सञ्चालन भएपछि ब्ल्याक र ग्रिन टि १ लाख ५० हजार किलोग्राम उत्पादन गर्ने क्षमतामा कारखाना रुपान्तरण भएको लिम्बूले बताउनुभयो । कार्यक्रम सञ्चालन भएपछि गुणस्तर र कामको क्षमतामा ३० प्रतिशत भन्दा बढी वृद्धि भएको छ । उन्नतिले डेनमार्क सरकारको सहयोगमा सातवटा पहाडी तथा हिमाली जिल्लाहरु ९संखुवासभा, भोजपूर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर र इलाम० मा अर्थोडक्स चिया, अदुवा, डेरी र अलैंची समेत ४ वटा कृषि वस्तुको मूल्य शृङ्खलाको व्यवसायीकरणमा मद्दत गरिरहेको छ । सन् २०१४ देखि ५ वर्षका लागि कार्यक्रम सञ्चालन गरेको परियोजनाअन्तर्गत लिम्बूको व्यवसायलाई पनि सहयोग गरेको कृषिविज्ञ केशव सिलवालले जानकारी दिनुभयो । उन्नति परियोजना गत डिसेम्बरदेखि सकिए पनि यसको प्रभाव उत्तिकै छ ।

यस कार्यक्रममार्फत जिल्ला र जिल्ला बाहिरका धेरै किसान तथा व्यवसायीहरुले राहत महसुस गरेका छन् । उन्नति परियोजना मार्फत प्रदेश नं १ का सात जिल्लामा छ अर्ब रुपैयाँ खर्च भएको छ ।

गरीबी न्यूनीकरण र जीवन स्तरमा सुधारको लक्ष्यसहित कृषि वस्तुको व्यावसायीकरण तथा ग्रामीण पूर्वाधार स्तरोन्नति गर्दै जाने यो कार्यक्रमबाट अदुवा, अर्थोडक्स चिया, अलैँची र डेरी गरी चारवटा उत्पादनका मूल्य शृङ्खला कायम गर्ने काम गरिएको थियो । उन्नतिको मूल्य श्रृङ्खला कार्यक्रमअन्तर्गतको उन्नति कोषमार्पmत ती जिल्लाहरूमा १५९ वटा आयोजना सञ्चालन गरिएको थियो । प्रत्यक्ष सहयोग कार्यक्रमअन्तर्गत १०७ वटा आयोजनाहरू सञ्चालनमा रहे । उन्नति इलामका कर्मचारी केशवप्रसाद सिलवालका अनुसार आयोजनाहरूमध्ये मेची क्लस्टरतर्पm उन्नति कोषमार्पmत इलाममा १०४ वटा, पाँचथरमा १० वटा र ताप्लेजुङमा तीनवटा तथा प्रत्यक्ष सहयोग कार्यक्रमअन्तर्गत इलाममा २० वटा, पाँचथरमा ८ वटा र ताप्लेजुङमा १७ वटा आयोजनाहरू सञ्चालन भएका थिए ।
कुल बजेटमध्येबाट इलाममा सञ्चालन भएका चियासम्बन्धी ५७ वटा, डेरीसम्बन्धी २९ वटा, अलैँचीसम्बन्धी १५ वटा र अदुवासम्बन्धी ३ वटा आयोजना सञ्चालन भए । यसको लागत ४३ करोड ३० लाख रुपैयाँ छ ।


tea - the times of nepal
-टीका खतिवडा 

रासस


प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि