स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

भीम क्षेत्रीे गीत को यहाँ सम्म आएँ,

सेयर गर्नुहोस

यहाँ सम्म आएँ,

कति जङघार तरेँ,
कति हण्डर खाएँ,
(यहाँसम्म आएँ,)..२

सपना बोकेर म उठी हिडेँ,
हिँड्दा हिँड्दै थाकेर लडेँ,
उठेर फेरि म दौडन थालेँ,
यही म ठक्कर खाएर ढलेँ,
यहाँसम्म आएँ,
कति जङघार तरेँ,
कति हण्डर खाएँ,
(यहाँसम्म आएँ,)..२

कति ठक्कर खाएर लडेँ,
कति बङ्कर तोडेर आएँ,
हजार सपनाहरू मारेर आएँ,
एउटा सपना बोकेर आएँ,
यहाँसम्म आएँ,
कति जङघार तरेँ,
कति हण्डर खाएँ,
(यहाँसम्म आएँ,)..२

सागरको गहि¥याई छाम्न आएँ,
सगरको चुचुरो म चुम्न आएँ,
आँचलका रहरहरू छोडेर आएँ,
केवल एउटा रहर लिएर आएँ,
यहाँसम्म आएँ,
कति जङघार तरेँ,
कति हण्डर खाएँ,
(यहाँसम्म आएँ,)..२

कति मन्दिर ढोगेर आएँ,
कति जञ्जिर तोडेर आएँ,
सुन्दर सपना सजाएर आएँ,
क्षितिज नचुम्दै थाकेर ढलेँ,
कति जङघार तरेँ,
कति हण्डर खाएँ,
(यहाँसम्म आएँ,)..२

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -