स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव पारित

सेयर गर्नुहोस

विराटनगर, २९ माघ : प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम २०२ (३) बमोजिम प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले दर्ता गराउनुभएको सो संशोधन प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य शिवनारायण गुरागार्इं रहनुभएको छ ।

‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५’ सदनमा विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो ।
मन्त्री कार्कीले शून्य समयमा प्रदेशसभाका सदस्यले उठाउनु भएका विषयमा जवाफ दिँदै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न भ्याएसम्मको जनशक्ति परिचालन गरिसकेको जानकारी दिनुभयो ।
उहाँले टिपर सञ्चालनलाई व्यवस्थित गरी नियमन गर्ने बताउँदै आक्रोश र भिडन्तले समस्या समाधान नहुने र यसका लागि वार्ता नै उपयुक्त हो भन्नुभयो । प्रदेश नं १ मा रहेका करिव १०० नदी तथा खहरे खोलालाई नियन्त्रण गर्न प्रदेश सरकार आवश्यक गृहकार्यमा जुटेको बताउँदै मन्त्री कार्कीले मापदण्ड विपरीत नदी उत्खन्न कार्यलाई पूर्ण रुपमा रोक लगाउने कुरामा जोड दिनु भयो ।
प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -