स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

हिमाली क्षेत्रको संरक्षणसँगै उपयोग आवश्यक : मुख्यमन्त्री गुरुङ

सेयर गर्नुहोस

पोखरा, २६ माघ  : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको हिमाली क्षेत्र जैविक विविधाको खानी भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद् तथा अन्तर्गतका विभिन्न सदस्य संस्थाद्वारा आयोजित ‘ताप्लेजुङ्ग–दार्चुला ग्रेट हिमालयन केबुलकार’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

हिमाली क्षेत्रको मौलिकतालाई कायम राख्दै स्थानीय बासिन्दाको सहभागितामा पर्यटकीय पूर्वाधार निर्माण गरिनुपर्ने बताउँदै उहाँले सो क्षेत्रलाई समृद्धिको आधार बनाउनुपर्ने बताउनुभयो ।

आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा ताप्लेजुङ–दार्चुला ग्रेट हिमालय केबुलकार सम्भावना भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले त्यसका लागि प्रदेश सरकारका तर्पmबाट आवश्यक सहयोग रहने स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेशका राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर एवम् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले प्रदेश र स्थानीय तहले समेत सडक पूर्वाधारलाई पहिलो प्राथमिकता राखेको बताउनुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाले यस वर्षलाई कानून निर्माणका रुपमा लिएको बताउँदै दृढ इच्छाशक्तिका साथ गरिएका कामले उपलब्धि प्राप्त गर्न सकिने बताउनुभयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले नेपालको पदयात्रा मार्गलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिँदै केबुलकार निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजनाका साथ सरकार अगाडि बढेको बताउँदै प्रदेशका ११ वटै जिल्लामा पर्यटन विस्तार गरिने तयारी भइरहेको उल्लेख गर्नुभयो ।

ताप्लेजुङका सङ्घीय सांसद हेमबहादुर राईले प्राकृतिक स्रोतसाधानको पहिचान गरेर पर्यटन र जलस्रोतको विकास अपरिहार्य रहेको बताउँदै खुम्बु र पाँचपोखरी क्षेत्रमा वार्षिक ६० हजार पर्यटक आउने गरेको जानकारी दिनुभयो । केबुलकार हिमाली र पहाडी क्षेत्रको विकासमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि तीनै तहका सरकारको समन्वय आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा समृद्ध नेपालका अभियन्ता कृष्ण केसीले लोमाङथाङ–लुम्बिनीः फेवाताल–राराताल (लुलुफेरा) ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन केबुलकार राष्ट्रिय योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -