स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

चार दिन सम्म बन्द हुदै बुटवल – पाल्पा सडक खण्ड

sidhha-baba-palpa
सेयर गर्नुहोस

पाल्पा, २५ माघ: पाल्पा- बुटवल सडक खण्ड सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा यहि माघ २६ देखि २८ गतेसम्म चार दिन बाटो बन्द हुने भएको छ।

सिद्धबाबा क्षेत्रमा बर्खामा मात्र नभइ हिउद र जुनसुकै समयमा पनि धुले पहिरो, ढुङ्गाखस्ने तथा विभिन्न कारणबाट यो सडक खण्ड जोखिम र ठुला ठुला दुर्घटना बेहोर्दै आइरहेको छ।

जसकारण यो क्षेत्रमा सुरुङ्गमार्ग बनाउन भौगर्भिक सर्बेक्षणको अध्यनको लागि सवारी आवतजावतमा रोक लगाइएको हो। २६ देखि २८ गतेसम्म बिहान र दिउँसो गरि विभिन्न चरणमा सबारी आवतजावतमा रोक लगाइएको छ भने २९ गते गते बिहानबाट साझ सम्म विभिन्न चरणमा पाच पटक सम्म सबारी आवतजावतमा रोक लगाइएको छ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -