स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

‘मुना’ का संस्थापक प्रधानसम्पादक सम्मानित

सेयर गर्नुहोस

काठमाडौँ, २३ माघ : गोरखापत्र संस्थानले वरिष्ठ पत्रकार तथा ‘मुना’ मासिक (बालपत्रिका) का संस्थापक प्रधान सम्पादक गोकुलप्रसाद पोखरेललाई सम्मान गरेको छ । संस्थानको सहप्रकाशन मुनाको २९ औँ वार्षिकोत्सवमा यहाँ आज आयोजित कार्यक्रममा मुनालाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पु¥याएबापत संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले पोखरेललाई सम्मान गर्नुभयो ।

सोही अवसरमा अध्यक्ष भण्डारीले विश्वमा सूचना, सञ्चार र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा मुना मासिकलाई समयअनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । बाल साहित्यकार विनय कसजुले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा बाल साहित्यलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने बताउनुभयो । संस्थापक प्रधान सम्पादक पोखरेलले परिवर्तित सन्दर्भमा मुना मासिकको बारेमा गहन समीक्षा गरेर नयाँ ढङ्गबाट अगाडि बढ्न सुझाव दिनुभयो ।

मुना २०४७ पुसदेखि प्रकाशित हुन थालेको मासिक बालपत्रिका हो । प्रकाशन थालेपछि मुनाले अविच्छिन्न २८ वर्षे यात्रा पूरा गरेको छ र २०७५ पुससम्ममा यसका ३३७ पूर्णाङ्क प्रकाशनमा आइसकेको छ । कार्यपत्र प्रस्तोता डा ध्रुवकुमार घिमिरेले २८ वर्षको अवधिमा मुनाले बालबालिकामा सकारात्मक प्रभाव पार्नुका साथै बालसाहित्यको विविध विधाको विकासमा महत्पपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -