स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

व्यवसायमैत्री कानून निर्माण गर्छौंः मुख्यमन्त्री

सेयर गर्नुहोस

धनगढी, २१ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रलाई समेट्ने गरी व्यवसायमैत्री कानून निर्माण गरिने बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घले यहाँ गरेको सुदूरपश्चिम महोत्सव २०७५ को आज उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भन्नुभयो, “निजी क्षेत्रले लगानी बढाउन सक्ने गरी कानून निर्माण गर्ने छौँ ।”

प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले महोत्सवको आयोजनाबाट प्रदेशको आर्थिक विकास र कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोजक उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष पुष्पराज कुँवरले प्रदेशको विकाससँग सम्बन्धित सातबुँदे माग पेश गर्नुभयो ।‘समृद्ध सुदूरपश्चिमको लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ फागुन २ गतेसम्म हुने महोत्वसमा व्यापारिक र अन्य गरी करीब २२५ स्टल रहेका छन्

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -