स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

शिक्षा नाफा कमाउने क्षेत्र होइन: मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल
सेयर गर्नुहोस

काठमाडौँ, २० माघ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ ।

आज चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको लगानी नाफा कमाउनेभन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताउनुभयो । “शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने हो । शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु हो”, उहाँले भन्नुभयो, “नाफाको आशा नगर्नुस्, देशका लागि योगदान दिनुहोस् । शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागू गर्नुहोस् ।”

सार्वजनिक शिक्षालाई सबल बनाउनुपर्ने बताउँदै प्राविधिक÷व्यावसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो । यस वर्ष विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने र अर्को वर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ । उहाँले सरकारले थालेको समृद्ध नेपाल र सुखी नेपाली बनाउने बनाउने अभियान शिक्षालाई नयाँ ढङ्गले अघि बढाएमात्र सफल हुने बताउनुभयो ।

मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षालाई पूर्वाधारका रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले शिक्षामा विज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताउनुभयो । विज्ञान र प्रविधिलाई उत्पादन शक्तिका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -