स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

नेपाली क्रिकेट टिमलाई उपराष्ट्रपतिको बधाई

उपराष्ट्रपति नन्दबहादुर पुन
सेयर गर्नुहोस

काठमाडौँ, २० माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली क्रिकेटमा नयाँ इतिहास रचेर नेपालीलाई खुशी दिएकामा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विशेष धन्यवादसहित बधाई दिनुभएको छ ।

उपराष्ट्रपतिले आज एक शुभकामना सन्देश दिनुहुँदै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का तथा टिमका सदस्यप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेर इतिहास बनाएकामा खुशी व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले प्रतियोगिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा नै कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरालगायत खेलाडीलाई बधाई तथा धन्यवादसमेत दिनुभएको छ ।

उहाँले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उल्लेख गर्नुहुँदै नेपालले छिट्टै एकदिवसीय र टि–२० विश्वकप खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले ले क्रिकेटलगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ । क्रिकेटमा प्राप्त उपलब्धि र यसबाट प्राप्त खुशीलाई नेपाली क्रिकेट र समग्र खेलकूदको विकासमा रुपान्तरण गर्न सबैलाई अपिल गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -