स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

Exclusive news of NBL
सेयर गर्नुहोस

काठमाडौँ, २० माघ : नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैंकले खुद ब्याज आम्दानी रु तीन अर्ब १६ करोड ७२ लाख ४९ लाख गरेको छ । गत आवको छ महीनामा बैंकले रु दुई अर्ब ९४ करोड तीन लाख २९ हजार ब्याज आम्दानी गरेको थियो ।

रु नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा रु १९ अर्ब ६५ करोड १४ हजार रहेको छ । बैंकले रु एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप सङ्कलन गरी रु ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रु ३३ रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -