स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

सेयर गर्नुहोस

काठमाडौँ, २० माघ : नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन ।

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु हुन सकेको छैन । तीन खेलको उक्त सिरिज दुवै टोलीले एक–एक खेल जितेका छन् । वर्षाका कारण खेल रद्द भए सिरिज बराबरीमा टुङ्निेछ ।

युएईको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टी–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -