स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

दश लाख बढी राजश्व सङ्कलन

taxx - राजश्व
सेयर गर्नुहोस

डोटी, २० माघ : जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट रु १० लाख ३० हजार राजश्व सङ्कलन गरेको छ । गत साउन महीनादेखि पुस मसान्तसम्म रु १० लाख ३० हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको राजश्व शाखाले जनाएको छ ।

जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले नियमविपरीत सवारीसाधन चलाएको भन्दै दीपायल ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ । जिल्लामा विना चालक अनुमतिपत्र (लाइसेन्स) सवारीसाधन चलाउनेको सङ्ख्या पनि बढेको र सरकारी सवारीसाधनले बढी नियम उल्लङ्घन गरेकाले आफूहरुले कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारी मोटरसाइकलहरु बढी दुरुपयोग हुने गरेको र नियम पनि तिनैले बढी उल्लङ्घन गरेकाले हामी कडारूपमा प्रस्तुत भएका हौँ ।” जिल्लामा मापसे गरी सवारी चलाउने तथा नियम उल्लङ्घन गर्ने २५० लाई ट्राफिक सचेतनामूलक प्रशिक्षण दिइएको प्रमुख धामीले जानकारी दिनुभयो । अहिलेसम्म कम्तिमा पनि चार दर्जन सवारीसाधन कारवाहीमा परेको बताइएको छ । ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेपछि लाइसेन्स नभएका सवारी चालक घट्न थालेको ट्राफिक प्रहरीको जनाएको छ ।

जिल्लामा सवारी चालकको लापरवाहीका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको स्थानीयपवासीको आरोप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लाको बुडर, सानागाउँ, सिलगढीमा पोष्ट नै खडा गरी सवारी जाँच गरिरहेको छ । त्यस्तै ट्राफिक प्रहरीले विना लाइसेन्स सवारी चलाउन दिने सवारी धनीलाई समेत कारवाही गर्न थालेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -