‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’ ‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’



२६

बनियानी, १८ माघ  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताउनुभएको छ ।

भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को आज उद्घाटन गर्दै उहाँले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताउनुभयो ।



“मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक र सांस्कृतिक चेतका कारण सफल भएको छ”, उहाँले भन्नुभयो, “साहित्य क्षेत्रकै योगदानका कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।” मुख्यमन्त्री राईले प्रगतिशील गीत, साहित्यिक रचना, उपन्यास पढेर र सुनेर आफू वामपन्थी आन्दोलनमा लागेको स्मरण गर्नुभयो ।

साहित्यकार तथा राजनीतिज्ञ भवानी घिमिरेको योगदानको सम्मान सबैले गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारले प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेश नं १ मा रहेका १२५ भन्दा बढी जातजातिलाई एकापसमा जोड्न प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्न लागिएको समेत बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुहलता नै नेपालीको शक्ति भएको बताउँदै साहित्यकार तथा राजनीतिज्ञ भवानी घिमिरेमा बहुलतामा रहेको विभेदलाई छलफल र विमर्श गरेर समाधान गर्ने सामथ्र्य रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष सरोज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, प्रदेशसभा सदस्य देवराज घिमिरे, पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, साहित्यकार शेरबहादुर इङ्नाम, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्राज्ञ कलाकार पवन राजवंशीले घिमिरेको योगदानको चर्चा गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल तथा भारतमा छरिएर रहेका नेपाली भाषी साहित्यकारहरु सहभागी भएका छन् । साहित्यिक तथा पत्रकार भवानी घिमिरेको सम्मान तथा योगदानको कदरस्वरुप २०७५ असार २५ गते प्रतिष्ठान स्थापना भएको हो ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि