स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

कसरी ? महात्मा गान्धी विश्वकै महान् नेता

सेयर गर्नुहोस

काठमाडौँ, १६ माघ  : भारतको भूगोलमा जन्म भए पनि शान्ति, अहिंसा र मानवताका पक्षमा निडर भए कै कारण महात्मा गान्धी विश्वकै महान् राजनेताका रुपमा स्थापित हुनुभएको चर्चा गरिएको छ ।

महात्मा गान्धी स्मृति दिवसका अवसरमा यहाँस्थित भारतीय दूतावास र डिल्लीरमण–कल्यायणी रेग्मी स्मृति पुस्तकालय विकास समितिले आज आयोजना गरेको गान्धी : शान्ति, अहिंसा र मानवता विषयक कार्यक्रममा सहभागी वक्ताले गान्धी शान्ति र अहिंसाका पूराजी भएको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गान्धीको सत्यप्रतिको निष्ठा, अहिंसा र मानवता नै मानवजातिलाई शान्ति प्रदान गर्ने एक मात्र असल मार्ग भएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री गणेश शाहले समाजलाई समृद्ध तुल्याउन सबैभन्दा ठूलो अस्त्र भनेको शान्ति र अहिंसा नै भएको बताउनुभयो ।

पूर्वराजदूत एवं प्राध्यापक जयराज आचार्यले अहिंसा, स्वतन्त्रता, सत्याग्रह, सादाजीवन र छुवाछुद विरुद्ध गान्धीले गर्नुभएको योगदानको विश्व समुदायबाट मुक्त कण्ठले प्रशंसा हुने गरेको बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरीले भारतको स्वतन्त्रताका लागि गान्धीले अघि सार्नुभएको अडान र बाटो आधुनिक विश्वले पनि मुक्त कण्ठले प्रशंसा र अनुशरण गर्दै आएको धारणा व्यक्त गर्नुभयो ।

सन् १८६९ मा भारतमा जन्मनुभएका गान्धीले सर्वप्रथम दक्षिण अफ्रीकामा जातीय रङ्गभेद विरुद्धको आन्दोलनमा समेत सक्रिय योगदान पु¥याउनुभएको थियो । उहाँले भारतमा शासन त्यसबेला चलाइ रहेको अङ्ग्रेज विरुद्ध भारत छोड अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले आन्दोलन शुरु गर्नुभएको ३२ वर्षपछि १९४७ मा भारत स्वतन्त्र भएको थियो । सन् १९४८ जनवरी ३० मा देहावसान भएको हो । उहाँलाई भारतीय जनताले राष्ट्रपिताका रुपमा सम्मान गर्दछन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -