स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश नं ३ बाट

सेयर गर्नुहोस

हेटौँडा, ७ माघ : प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम चालू आवदेखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । रोजगारीको हकमा सरकारले रोजगारीको हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ । कुनै पनि नेपाली बाध्यात्मक स्थितिवाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताउनुभयो ।

उक्त कार्यक्रम शुरु हुनेलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । सो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ । सो सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढेको सो मन्त्रालयद्वारा हेटौँडामा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -