पचास प्रतिशत अनुदानमा चैते धानको बीउ उपलब्ध गराउने  पचास प्रतिशत अनुदानमा चैते धानको बीउ उपलब्ध गराउने 



कञ्चनपुर, ४ माघ  पचास प्रतिशत अनुदानमा सुदूरपश्चिम प्रदेशले कैलाली र कञ्चनपुरका किसानलाई चैते धानको बीउ उपलब्ध गराउने भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक समूह, निजी फार्म र सहकारीमार्फत बीउ उपलब्ध गराउने तयारी गरेको छ । अनुसूचि १, २ र ३ अनुसार स्थानीय तह वा कृषि ज्ञान केन्द्रमार्फत माघ १० गतेभित्र आवेदन दिइ ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।

“ब्लक तथा पकेटका रुपमा एकै ठाउँमा १० बिघादेखि माथिको क्षेत्रफलमा चैते धानको खेती गर्ने किसानलाई सिँचाइ सुविधाबापत स्यालो ट्युबवेल उपलब्ध गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

छोटो अवधिमै बढी प्रतिफल दिने चैते धानको खेतीमा कैलालीका कञ्चनपुरका किसानको आकर्षण बढेको छ । बाह्य देशबाट आयात हुने चामललाई प्रतिस्थापन गर्नका लागि यहाँ चैते धानको खेतीले सघाउ पु¥याएको छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय