स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

हात्तीपीडित परिवारलाई राहत 

जङ्गली हात्ती - TON
सेयर गर्नुहोस

कञ्चनपुर, ४ माघ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का हात्तीपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

घर, अन्नबाली र उखु बालीमा जङ्गली हात्तीको झुण्डले नोक्सान पु¥याएका परिवारलाई वडाध्यक्ष हरिश विष्टले क्षतिका आधारमा रु पाँच हजारदेखि रु १० हजारसम्म राहतस्वरुप रकम हस्तान्तरण गर्नुभएको हो ।

“घर निर्माण गर्न र अन्नको बीउ खरीद गर्न सहजताका लागि राहत रकम हस्तान्तरण गरेका छौँ”, वडाध्यक्ष विष्टले भन्नुभयो । उहाँका अनुसार राहत भागिराम डगौरालाई रु १० हजार, दमनबहादुर विष्ट, धनवीरे सार्की, पार्वती सार्की, प्रेम सार्की र मोहन विकलाई रु पाँच हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -