स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी

सेयर गर्नुहोस

– नारायण ढुङ्गाना
काठमाडौँ, १ माघ : मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छन् भन्दा तपार्इंलाई नौलो लाग्न सक्छ । तर काठमाडौँ उपत्यकामा मोटरसाइकलले यात्रु ओसार्ने क्रम यत्रतत्र रहेको पाइएको छ ।

विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता के छ भनेर गुनासो आयो । हेल्लो सरकराबाट महानगरीय ट्राफिक प्रहरी महाशाखामा आवश्यक छानबिनका लागि निर्देशन भयो । बुझ्दै जाँदा मोबाइल एप्समार्फत मोटरसाइकलको प्रयोग गरेर यात्रु ओसारेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो ।

नेपालमा भाडाका सवारीसाधन र ट्याक्सीले यात्रु ओसार्दै आएका छन् । यातायात व्यवस्था ऐनमा भएको प्रावधानमा टेकेर सरकारी अनुमतिमा यस्ता सवारीसाधनले निश्चित शुल्क लिएर यात्रु बोक्छन् । तपाईं हामीले पनि भाडाका गाडी प्रयोग गर्दै आएका छौँ । कुनै पनि सवारीले यात्रु बोक्नलाई यातायात व्यवस्था विभागमा दर्ता गर्नुपर्छ । तर यातायात व्यवस्था विभागमा मोटरसाइकलले यात्रु बोक्न पाउने भनेर दर्ता नभएको पाइएपछि गैरकानूनी काम भनेर कारवाही थालिएको प्रवक्ता सापकोटा बताउनुहुन्छ ।

“प्रहरीमा पनि गुनासो आउन थालेको छ, हामीले पाँच वटा मोटरसाइकललाई कारवाही गरेर अब प्रयोग नगर्ने सर्तमा छाडेका छौँ, कानूनी प्रक्रिया नपु¥याएसम्म यस्तो पेशा गर्न कसैलाई छुट छैन,” प्रवक्ता सापकोटाले भन्नुभयो ।

उहाँका अनुसार उनीहरुले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेसनमार्फत सम्पर्कमा आएका यात्रुलाई शुल्क लिएर एक ठाउँबाट अर्काे ठाउँमा पु¥याउने गरेका छन् । “राम्रै काम भए पनि अवैध रुपमा त गर्न पाइएन”, उहाँले भन्नुभयो, “यसका विषयमा थप अनुसन्धान भइरहेको छ ।” यसरी सेवा दिने मोटरसाइकल टुटलसँग एक हजार र ‘पठाओ’सँग एक हजार बाइक रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विभिन्न स्थानमा रहने भएकाले जुन ठाउँका यात्रुको माग आउँछ त्यही ठाउँको मोटरसाइकल प्रयोग हुन्छ ।

मोटरसाइकल भएका विद्यार्थी, चिकित्सक, वकील, विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु यात्रु बोक्न सहभागी हुने गरेको अनुसन्धानबाट थाहाभएको प्रहरीले जनाएको छ ।

यसरी गर्छ ‘टुटल’ र ‘पठाओ’ले काम

‘टुटल’ र ‘पठाओ’को मोबाइल एप्लिकेसन बनेको छ । त्यही एप्लिकेसन डाउनलोड गरी ग्राहकहरु जोडिन सक्छन् । एप्लिकेसनमार्फत यात्रुले फलानो ठाउँबाट फलानो ठाउँमा जाने भनेर लेखेर पठाउँछन् । त्यसको जवाफ तुरुन्तै आउँछ ।

यति मुल्यमा यति लाग्छ भनेर रुट र नक्सासहित आउँछ । यात्रुले ‘ओके’ भनेपछि एकै छिनमा तोकेको ठाउँमा मोटरसाइकल आइपुग्छ । उनीहरुले न्यूनतम रु ३० रुपैयाँ र प्रतिकिलोमिटर रु १५ का दरले शुल्क लिने गरेका छन् । यो ट्याक्सीको मिटर प्रणाली जस्तै हो । तर यसमा भने ग्राहक आफैँले प्रविधिको प्रयोग गरी सेवा लिन सक्छन् ।

मुख्यगरी नाकाबन्दीका बेलामा सवारीको अभाव हुँदा यो प्रविधिको विकास भएको थियो । टुटलका एक जना सञ्चालक शिशिर भट्टले प्रविधि प्रदायक कम्पनी भएकाले आफूहरुले प्रविधिको विकास मात्रै गरेको बताउनुभयो । उहाँले आफूहरु यातायात व्यवस्था विभागसँग सम्बन्धित नै नभएको उल्लेख गर्नुभयो । तर एप्समार्पmत प्रयोग हुने मोटरसाइकललाई प्रहरीले पक्राउ गरेपछि आफ्नो व्यवसाय पनि प्रभावित हुने भट्ट बताउनुहुन्छ ।

प्रहरीका अनुसार यो प्रविधिको प्रयोग गरेबापत ९७ प्रतिशत मोटरसाइकलवालाले र तीन प्रतिशत प्रविधि सञ्चालकले लिने गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -