स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

गोरु जुधाइने मेलामा ४५ हल गोरुको घम्साघम्सी

सेयर गर्नुहोस

नुवाकोट, १ माघ : माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न भएको छ ।

जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा २२ हल गोरु जुधाइएको थियो ।

मेलाको आज उद्घाटनगर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रुपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँको पहिचान स्थापित गराउनका लागि सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाइने पाटोलाई सरकारीस्तरबाट खरीद गरेर खेलमैदानका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको शुरुवात ग¥यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्यँुताउने काम भएको छ । तारुकामा विजेता गोरुधनीलाई रु ६ हजार र हार्ने गोरुका धनीलाई रु चार हजार पुरस्कार प्रदान गरिएको थियो ।

‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ शुरु भएको मेलामा हजारौँ दर्शकको भीड लागेको थियो । कच्ची मोटरबाटो र धुलोको कारण तारुका पुग्न कठिनाइ भए पनि हजारौँ दर्शकको भीडबाट नै यहाँको गोरु जुधाइको महत्व र लोकप्रियता स्पष्ट हुने वडाध्यक्ष समरबहादुर आलेमगरले बताउनुभयो ।

गोरु जुधाइ पर्वले आन्तरिक पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताउनुभयो । उहाँले पालिकाभरिको सबैभन्दा उत्कृष्ट मेला तारुकाको गोरु जुधाइ नै भएकाले मेला आयोजनामा गाउँपालिका प्रत्यक्ष सहभागी भएको बताउनुभयो ।

यस्तै, २०६७ सालबाट शुरु भएको जिल्लाको बेत्रावतीमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । कार्यक्रममा विदुर नगरपालिकाको प्रमुख सञ्जु पण्डितले ऐतिहासिक क्षेत्र बेत्रावतीको गोरु जुधाइले अर्को ऐतिहासिक पर्व भएकाले यसको संरक्षण र निरन्तरतामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

केही गोरु नजुधी मैदानमा आउनासाथ भागेका थिए भने केही हल गोरु ४५ मिनेटसम्म जुधिसक्दा पनि हारजीत नभएपछि छुट्याउनु परेको थियो ।

यस्तै २०७१ सालबाट शुरु भएको पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । यहाँ पहिलो हुने गोरुधनी सुमी थापाले रु १५ हजार, दोस्रो हुने गोरुधनी उमेश अधिकारीलाई रु १० हजार, तेस्रो हुने गोरुधनी अर्जुन प्याकुरेललाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक नवप्रतिभा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिनुभयो ।

यस्तै, यही वर्षबाट गोरु जुधाउन थलिएको लिखु गाउँपालिकाको कट्टिछापमा तीन हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा चार हल गोरु जुधाइएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -