स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

जडीबुटी व्यवसायी अध्यक्षमा अन्सारी निर्वाचित

सेयर गर्नुहोस

राँझा, ३० पुस : प्रदेश नं ५ का सांसद मोहम्मद याकुव अन्सारी नेपाल जडीबुटी व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अन्सारीले प्रतिष्पर्धी शकीलअहमद जसगढलाई पराजित गर्दै तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । आइतबार मतदानपछि सम्पन्न भएको मतगणनाअनुसार अन्सारीले ९८ मत ल्याउनुभयो भने प्रतिष्पर्धी जसगढका पक्षमा ६१ मत परेको थियो ।

सङ्घको उपाध्यक्षमा युनुुस हल्वाई ८५ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी मानबहादुर ओलीले ७३ मत प्राप्त गर्नुभएको थियो ।

सङ्घको महासचिवमा मोहम्मद रहीस हलवाई, कोषाध्यक्षमा मोहम्मद असलम हलवाई र सदस्यमा मोहम्मद सदाव हल्वाई, हफिजुर रहमान अन्सारी, सन्तोषकुमार बर्मा, अख्तर अलि हल्वाई, मोहम्मद इद्रिस हल्वाई, मोहम्मद समिम हल्वाई र मोहम्मद आजम हल्वाई सर्वसहमत रुपमा निर्वाचित हुनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -