स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

कवि शिरोमणिको स्मरणमा कविता वाचन

सेयर गर्नुहोस

काठमाडौँ, २९ पुस : कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’ देवु लुइँटेलले र ‘नैतिक दृष्टान्त’ लोचन भट्टराईले वाचन गर्नुभएको थियो । डा सुधनकुमार पौडेल, आरएम डङ्गोल, विवश पोखरेल, तेजविलास अधिकारी, रामबाबु सुवेदी र भुवनहरि सिग्देलले पनि आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि शिरोमणि जनजीवनमा भएका समस्या आध्यात्मिक चेतनाबाट मानवतावादतर्फ केन्द्रित गर्न सक्ने स्रष्टा भएको विचार व्यक्त गर्नुभयो । उपकुलपति जगमान गुरुङले अर्चलेस्थित कवि शिरोमणिको निवासमा अहिले सङ्ग्रहालय बनाइएको बताउनुभयो । प्रतिष्ठानले हालै कवि शिरोमणि पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको मूर्ति निर्माण गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -