स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

इन्भेस्टमेन्ट, जनता र सनराइज बैंकको साधारणसभा

सेयर गर्नुहोस

काठमाडौँ, २९ पुस : नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पूँजी रु १२ अर्ब ५८ करोड पुगेको छ । बैंकको आज यहाँ सम्पन्न ३२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट कायम शेयर पूँजीको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी वृद्धि भएको हो ।

बैंकको जगेडा तथा कोषको रकम पनि बढेर रु नौ अर्ब ७७ करोड पुगेको छ भने शेयर धनी कोषको रकम रु २४ अर्ब ८७ करोड पुगेको छ । बैंकले आव २०७४÷७५ मा रु चार अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको थियो ।

त्यसैगरी खुद नाफा रु तीन अर्ब ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११ दशमलव ४५ प्रतिशतले बढेर रु एक खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४ दशमलव ४४ प्रतिशतले बढेर रु एक खर्ब २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा अनुपात एक दशमलव ३६ प्रतिशत रहेको छ । बंैकले काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी १६ वटा नयाँ शाखा बिस्तार गरेको छ । एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि विस्तारित शाखासहित बैंकले काठमाडौँ उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय, आठ एक्सटेन्सन काउन्टर, नौ राजश्व सङ्कलन एक्सटेन्सन काउन्टर, ४७ शाखारहित बैंकिङ सुविधा तथा १०९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।

बैंकको सहायक कम्पनी एनआइविएल क्यापिटल मार्केट लिमिटेड र साविक एस क्यापिटल लिमिटेड एकआपसमा गाभिइ एनआइविएल एस क्यापिटल लिमिटेड स्थापना गरिएको छ । नेपालको सबैभन्दा बढी रु २७ करोड चुक्ता पूँजी भएको मर्चेन्ट बैंकरका रुपमा सो संस्था सञ्चालनमा रहेको बैंकले दाबी गरेको छ । साधारणसभामा नेपाल राष्ट्र बैंकको निर्देशानुसार बैंकको वित्तीय विवरण तथा भावी कार्यक्रममाथि छलफल भएको थियो ।

जनता बैंकको लाभांश पारित

यस्तै आज नै नवौँ वार्षिक साधारणसभा रहेको जनता बैंक लिमिटेडले आठ दशमलब पाँच प्रतिशत नगद लाभांश पारित गरेको छ । आव २०७४÷७५ सम्मको सञ्चित मुनाफाबाट शेयर धनीलाई रु ६८ करोड ६५ हजार ८०३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा शेयर कारोवारका लागि सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारणसभाले उपयुक्त बैंक र वित्तीय संस्था एकआपसमा गाभ्न÷गाभिने अख्तियारी सञ्चालक समितिलाई दिएको छ । बैंकले रु ६८ अर्ब निक्षेप सङ्कलन गरेको छ भने ऋण लगानी रु ६३ अर्ब गरेको छ । बैंकले हाल १२९ शाखा, ५० शाखारहित बंैकिङ केन्द्र, ७९ एटिएम सञ्चालनमा गरिरहेको छ । बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासिको नाफा रु ३२ करोड छ ।

सनराइज बैंकको पनि साधारणसभा

सनराइज बैंक लिमिटेडको आज साधारणसभा सम्पन्न भएको छ । बैंकले आव २०७३÷७४ को नाफाबाट शेयर धनीलाई ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चुक्ता पूँजी रु आठ अर्ब १५ करोड २५ रहेको छ । बैंकले चालू आवको प्रथम त्रैमासिमा रु ३३ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ २६ पैसा छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -