स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

पञ्चायतकालदेखि समाज रुपान्तरणमा संघर्षरत छ शृङ्खला

सेयर गर्नुहोस

काठमाडौँ, २२ पुस : शृङ्खलाका संस्थापक सम्पादक÷प्रकाशक प्रवीण जोशीसँग छोटो अन्तरवार्ता                                                                    तपाई हाल के गर्दै हुनुहुन्छ ?                                                                                                                                                             म हिजो पनि सञ्चार क्षेत्रमा नै थिएँ । अहिले पनि त्यसैमा रमाइरहेछु । अहिले के निकाल्दै हुनुहुन्छ ? एउटा शृङ्खला साहित्यिक पत्रिका, जुन मासिक रुपमा निस्किन्छ । अर्को स्टारएक्सप्रेस साप्ताहिक पत्रिका हो ।

शृङ्खला त तपाईको पुरानो पत्रिका त हो नि ?                                                                                                                                            ठीक भन्नुभयो । श्रृङ्खला साहित्यिक मासिक पत्रिका गत वि. सं २०३५सालदेखि काठमाडौं बाट निरन्तर प्रकाशन हुँदै आएको पत्रिका हो । यसले विभिन्न विशेषाङ्कहरु प्रकाशन गरी सकेको छ । शुरुमा अलिमिया विशेषाङ्क, गोकुल जोशी अङ्क, कविवर चित्तधर “हृदय” र शिक्षासेवी केदारनाथ विषेशाङ्क र हालै नेपालका नारी श्रष्टाहरुको रचना संकलन गरि नारी “विशेषाङ्क” प्रकाशन भइसकेको छ । अरु नियमित अङ्कहरुले निरन्तर दिइरहेको छ ।

शृङ्खलामा साहित्यका कुनकुना विधा गई प्रथामिकता दिने गर्नुहुन्छ ?

साहित्यका विविध विधाहरु कविता, निवन्ध, गजल, मुक्तक, समालोचना, अन्तर्वार्ताहरु समावेश हुन्छ ।

यो कामबाट के तपाई सन्तुष्ट हुनुहुन्छ ?

नाफानोक्सानलाई छाडेर यसलाई सेवाभावले प्र्रेरित भै साधनारत छु । शृङ्खलाका हिजोका (विशिष्ट पञ्चायतको कालो युगमा) समाज रुपान्तरण र नयाँ युगको लागि संघर्षरत, आन्दोलनरत सम्पूर्ण तह र तप्का, राजनैतिक व्यक्तित्वहरु र प्रगतिशील श्रष्टाहरुसमेत यसका पाठक र सहयोगि थिए । शृङ्खलाले आजको दिनसम्म निरन्तरता पाइरहेकोमा यसको श्रेय उहाँ सम्पूर्ण सरोकारवाला साहित्यकार कवि लेखकहरुलाई दिन सकिन्छ । अहिले सत्ताधारी पार्टीमा रहेका व्यक्तिहरु शृङ्खलाका पाठक लेखक र सहयोगी थिए । तर अहिले उनीहरु सत्तामा पुगे । तथापि साहित्य मार्फत अधिकारविहीन शोषित पीडित तथा भेदजन्य व्यवहारबाट आहात सम्पुर्ण श्रमजिवी, जनसमुदायलाई चेतना जगाउने र समाज रुपान्तरणको लागि प्रयास जारी छ ।

अन्त्यमा ?

अहिले शृङ्खलामा मेरा सहकर्मीहरुमध्ये प्रधान सम्पादकमा भीम क्षेत्री, सम्पादकमा माधव घिमिरे ‘अटल’ समेत हुनुहुन्छ । यसैगरी भुवन अर्याल, सुबोध पुडासैनी र ज्ञानप्रसाद पोखरेल आदि साहित्यमर्मज्ञ युवाहबाट सदभाव सहयोग पाईरहदा म अझ वढि उत्साहीत छु ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -