राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने


Trending news of NRB
२३

काठमाडौँ, १९ पुस  : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।



बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा रु एक अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा रु २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ४२ लाख गरी कूल एक अर्ब ४८ करोड ३५ लाख निक्षेपका रुपमा राख्न प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ । बैंकका अनुसार रकम लिन तोकेको सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी आगामी आइतबार प्रस्ताव पेश गर्न भनेको छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि