स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

ट्राफिक प्रहरीबाट छ करोड ७१ लाख राजश्व असुल

nepal polic
सेयर गर्नुहोस

वीरगञ्ज, १६ पुस : प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५÷२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकममध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी रु दुई करोड २२ लाख ६८ हजार राजश्व असुल गरेको छ ।

उक्त शीर्षकमा राजश्व असुली भएको अन्य प्रदेशभन्दा प्रदेश नं २ अगाडि रहेको सो कार्यालयका प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो ।
प्रदेश नं २ मा बढ्दो जनसङ्ख्या, सवारी साधनको चाप तथा सडक सञ्जालको अवस्था चुनौती पूर्ण रहे पनि प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेकाले चालू आवको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरेको छ ।

चालू आवको मङ्सिर समान्तसम्ममा ४८८ सवारी दुर्घटना भई १२६ पुरुष, ३१ महिला,२२ बालबालिका गरी १७९ को मुत्यु भएको छ भने २४६ सख्त घाइते भएका छन् ।
चालू आवको असार मसान्तसम्ममा ट्रक, बस, कार, जिप, भेन, ट्र्याक्टर, मोटरसाइकल, टेमपोबाट जरिवानाबापत रु छ करोड ७१ लाख ५१ हजार ५०० असुल गरेको बताइएको छ ।

यसैगरी अघिल्लो आव २०७४÷०७५ को असार मसान्तसम्ममा २८८ सवारी दुर्घटना भएकोमा ८३ को मुत्यु भएको थियो भने १७० सख्त घाइते भए भने १५१ सामान्य घाइते भएका थिए । सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही गरी रु चार करोड ७ लाख ३३ हजार राजश्व सङ्कलन गरेको थियो ।

प्रदेश नं २ मा जुन प्रकारले सडक सञ्जालको सङ्ख्या बढी रहेको छ त्यसअनुरुप ट्राफिक जनशक्ति नभए पनि दुर्घटना न्यूनीकरण गर्न विभिन्न प्रकारको चेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी उपरीक्षक बज्राचार्यको भनाइ छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -