स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

कृषिको आधुनिकीकरणले नै राष्ट्र समृद्ध हुन्छ : उपप्रधानमन्त्री यादव

upendra yadav - The Times Of Nepal
सेयर गर्नुहोस

पर्सा, १४ पुस  : उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मुलुकलाई औद्योगिक र कृषिको आधुनिकीकरणबाट राष्ट्रलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ ।

सरकारले घोषणा गरेको ‘खुशी नेपाल समृद्ध नेपाल’को नारालाई मूूर्तरुप दिन कृषिको आधुनिकीकरण, उत्पादनमूलक औद्योगिकीकरण, जलस्रोतको विकाससँगै पर्यटनको विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

निधि बचत तथा ऋण सहकारी संस्थाको आज वीरगञ्जमा आयोजित सातौँ वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकमा विद्यालयमा बेरोजगारीको समस्यालाई अन्त्य गर्नका लागि र छिटो समृद्धि हासिल गर्नका लागि औद्योगिकीकरण तथा कृषिलाई आधुनिकीकरण गर्न जरुरी रहेको प्रष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री यादवले आम नेपालीको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र आधारभूत उपचार सेवा निःशुल्क हुनुपर्ने मान्यताका साथ सरकार अघि बढेको जानकारी दिनुभयो । उहाँले देशभरि एक हजार २०० नयाँ प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारले निर्णय र स्वास्थ्य केन्द्रको निर्माण कार्यसमेत प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री यादवले निर्माण हुने नयाँ स्वास्थ्य केन्द्रले आम नेपाली जनतालाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्नुभयो । वीरगञ्जको नारायण उपक्षेत्रीय अस्पतालाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्ने तयारीमा नेपाल सरकार रहेको जानकारी दिँदै उहाँले जग्गा खोजी राख्न सम्बन्धित निकाय र व्यक्तिलाई आग्रहसमेत गरिएको बताउनुभयो ।

सङ्घीय समाजवादी फोहर (नेपाल)को केन्द्रीय अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेको अधिकारका लागि प्रयत्नरत रहने नीतिअनुरुप आफ्नो पार्टी सरकारमा सहभागी भएको जानकारी दिनुभयो ।

नेपाली जनताको लामो सङ्र्घष र मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संविधानमा संस्थागत गर्दै उहाँले बाँकी रहेको अधिकारीका लागि सरकारभित्रबाटै सङ्र्घषमा लागेको बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष प्रेम चूडामणि बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, हरिनारायण रौनियार, प्रदेश नं २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलगायतका वक्ताले सम्बोधन गर्दै सहकारी संस्थाले केषिको विकासमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -