स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

बद्रीनारायण धाम निर्माणार्थ काठमाडौमा गीता ज्ञान अनुष्ठान

पण्डित दीनबन्धु पोखरेल
सेयर गर्नुहोस

काठमाडौँ, १४पुस : नारायण पोखरेल प्रतिष्ठानद्धारा बद्री नारायण धाम सहितको नारायण आध्यात्मिक केन्द्र निर्माण गर्न श्रीमदभगवतगीता ज्ञान अनुष्ठान आयोजना गर्न लागेको नारायण पोखरेल प्रतिष्ठानले आज काठमाडौमा अनुष्ठान आयोजक मुल समारोह समितिको घोषण सभा कार्यक्रम आयोजना गरि जानकारी गराएको हो ।

 

अनुष्ठान सम्पन्न गर्न प्रतिष्ठानले पुन निर्माण व्यवसायी संघका पुर्व अध्यक्ष जयाराम लामिछाने को अध्यक्षतामा २००१ सदस्य मुल आयोजक सिमित गठन गरेको छ ।


पुर्व मन्त्री ,सांसद,विभिन्न पेशाकर्मी लगाएतका बिशिष्ट व्यक्ति उपस्थिति रहेको उक्त कार्यक्रम मा बोल्दै प्रतिस्ठानका संरक्षक ÷अध्यक्ष वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले धाम निर्माण कार्यगतिलाई पूर्णता प्रदान गर्नका लागि भक्तजनको सहभागितामूलक सद्भाव प्राप्त गर्नका साथसाथै पूर्वीय दर्शन तथा आध्यात्मिक ज्ञानको क्षितिजलाइ अझै व्यापक गर्ने हेतु आगामी यस संस्थाका धरोहर व्यक्तित्व तथा आदर्श पुरुष नेपालका पहिलो धार्मिक सहिद वाचनशिरोमणि पः नारायणप्रसाद पोखरेलकोे १४ औ स्मति दिवस लाई आधार तथा प्रारम्भ दिवस मानी २०७६ बैशाख २३ गते देखि ३० गते सम्म नेपालको इतिहासमा गीताज्ञान अनुष्ठान आयोजना गरी ज्ञान तथा भक्तिधारालाई उच्चतम उठान गरी आध्यात्मिकताको क्षेत्रमा विशेष टेवाका साथसाथै बद्रीनारायण धाम सहितको नारायण आध्यात्मिक केन्द्रप्रति भक्तजनको विशेष अभिरुचि सद्भाव तथा अपनत्व महसुस गराउने हाम्रो मुख्य लक्ष्य रहेको छ ।

गीता ज्ञान अनुष्ठानको आयोजना गरि विशेषत ः हामीले तीन लक्ष्य हासिल गर्ने योजना गरेका छौ ।

१. पूर्वीय दर्शन विशेषतः वेद तथा वैदिक दर्शनको ज्ञान प्रवाह र आध्यात्मिकता भाव जनजनमा उजागर गर्नु ।

२ं नागार्जुन ७ रामकोटमा निमाणाधीन बद्रीनारायण धाम सहितको नारायण आध्यात्मिक केन्द्रलाई समस्त भक्तहरुको साझा केन्द्रको रुपमा विकास गरी समस्तजनको अपनत्व महसुस गर्ने केन्द्रको रुपमा विकास गर्नु ।

३. भक्तजनको प्रेम तथा सद्भावबाट प्राप्त दान दातव्यलाई आत्याधुनिक,नमुना तथा ऐतिहासिक बद्रीनारायण मन्दिर सहितको आध्यात्मिक केन्द्र निर्माणका लागि खर्च गर्नु । चारधामको नाममा विदेशिने करिव १४ १५ अरबको व्यवस्थापन गरी धार्मिक पर्यटनको विकास गरी राष्ट्र«लाई अध्यात्म धर्म, संस्कृति तथा पर्यटनको नाममा आत्मनिर्भर बनाउने मूलभूत उद्देश्य रहेको पण्डित पोखरेलले जानकारी दिनु भएको छ ।


केहिबर्ष पहिला खुल्लामञ्चमा भागवत ज्ञान महायज्ञ गरि बद्री नारायण धाम निर्माण कार्यको सुभारम्भ गरेको प्रतिष्ठाले धामको प्रशासनीक भवन निर्माण को साथै मन्दिरको शिलान्यास समेत गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -