स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

त्रिचन्द्र क्याम्पसमा आगलागी

सेयर गर्नुहोस

काठमाडौँ, ८ पुस : काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ ।

जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले स्ववियू कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिनुभयो ।

बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको छ । करीब एक घण्टा आगलागी भए पनि कलेज बन्द भएका कारण क्षतिको विवरण आउन सकेको छैन ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -