स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आगलागीमा करीब १३ लाखको क्षति

सेयर गर्नुहोस

बेनी, ६ पुस : म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद रु २ लाख ७० हजार सहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विर बहादुर बुढामगरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ ।
विहान करिब ८ बजे कोठाबाट धुवाँको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताउनुभयो । आगलागीमा तीन थान मोवाइल, गरगहना समेत जलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -