स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

सेयर गर्नुहोस

काठमाडौँ, १ पुस : नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

तीन कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो ।
विजय लघुवित्तको प्रतिकित्ता रु ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता रु ६९२ रहेको छ ।
किसान माइक्रोफाइनान्सको प्रतिकित्ता रु ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको छ । सो कम्पनीको औसत आधारमूल्य रु एक हजार २४१ रहेको छ । त्यस्तै नेपाल ल्युब आयलको पनि प्रतिकित्ता रु १९३ हुने गरी मूल्य समायोजन गरिएको छ । कम्पनीको औसत आधारमूल्य रु १७३ कायम भएको स्टकले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -