स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रिय गौरवका आयोजना निर्माणको विषयमा छलफल

सेयर गर्नुहोस

काठमाडौँ, २० मङ्सिर : राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बसेको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।

बैठकमा भौतिक पूर्वाधर तथा यातायातमन्त्री रघुवीर महासेठले सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोडिने योजनाअनुसार सरकारले आगामी चार वर्षभित्र छ हजारदेखि आठ हजार किमी सडक निर्माण गर्ने कार्यमा लागेको बताउनुभयो ।

सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित क्षेत्रमा नै छलफल, अनुगमन र काम छिटो गर्ने विषयमा कुरा भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका सात वटा राष्ट्रिय गौरवका आयोजना निर्माण प्रगतिबारे सम्बन्धीत आयोजना प्रमुखले बैठकमा जानकारी गराएका थिए ।

बैठकमा निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण सडक आयोजना, काठमाडौँ केरुङ, काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेलमार्ग निर्माणमा भइरहेको कार्य प्रगतिबारे जानकारी दिइएको थियो ।
ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान कार्यविधि पारित

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान कार्यविधि २०७५ पारित गरेको छ ।

समितिको आज बसेको बैठकले कानून कार्यान्वयन प्रभावकारीरुपमा भए÷नभएको अध्ययन गर्ने संयन्त्रका रुपमा सो कार्यविधि तयार गरी पारित गरेको हो ।

समितिका सभापति पर्शुराम मेघी गुरुङले ऐन कार्यान्वयनको चरणमा गएपछि उद्देश्यअनुरुप काम भएको वा नभएको अध्ययन गर्नका लागि कार्यविधि नै तयार गरेको जानकारी दिनुभयो ।

कानून बनेपछि सेवाग्राही तथा सर्वसाधारणको पहुँचलाई सुगम र सहज बनाउने तथा समाजमा कानूनको समयसापक्ष भए नभएको अध्ययन गर्नका लागि पनि सो कार्यविधिले काम गर्ने सभापति गुरुङको विश्वास छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -