स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

कुखुराका दाना जिल्लामै उत्पादन

सेयर गर्नुहोस

बाजुरा, १८ मङ्सिर: कुखुराले खाने दाना जिल्लामै उत्पादन गरिने भएको छ । जिल्ला बाहिरबाट ल्याउने गरिएको दाना बुढीनन्दा कृषि सहकारी संस्थाले मालिका दाना उद्योग सञ्चालन गरी जिल्लामै उत्पादन गर्ने भएको हो ।

मलेसियाबाट फर्किएका कृष्ण धामीसहितका चार युवाको स्वामित्व रहने गरी उद्योग मार्तडीमा सञ्चालन गर्ने तयारी भइरहेको सहकारी संस्थाका अध्यक्ष मथुराराज पण्डितले बताउनुभयो । केही कच्चा पदार्थ जिल्ला बाहिरबाट ल्याएर दाना जिल्लामै उत्पादन गर्ने लक्ष्य छ । हालसम्म जिल्लामा बोइलर तथा स्थानीय जातका कुखुराका लागि जिल्ला बाहिरबाटै दाना ल्याउने गरिएको छ । मकै र भटमासबाट कुखुराका लागि दाना उत्पादन गरिने छ ।

“अन्यत्रभन्दा सस्तोमा दाना बिक्री गर्ने योजना छ,” सहकारीका व्यवस्थापक नरप्रसाद जैशीले भन्नुभयो । मालिका दाना उद्योगको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले सोमबार उद्घाटन गर्नुभयो । उद्योगका लागि रु चार लाख ७४ हजारमा उपकरण खरिद गरिएको छ । सहकारीले वार्षिक रु ३३ लाखभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ । उपकरण खरिद गर्न बडिमालिका नगरपालिकाले रु दुई लाख २० हजार र सेभ द चिल्डे«नले रु दुई लाख चार हजार अनुदान सहयोग गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -