स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री शाही र प्रेस काउन्सिलको टोलीबीच भेटवार्ता

सेयर गर्नुहोस

सुर्खेत, १४ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रेस काउन्सिल नेपालको टोलीबीच आज भेटवार्ता भएको छ ।

काउन्सिलका बोर्ड सदस्य खिलबहादुर भण्डारी नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीसँग उहाँकै कार्यकक्षमा भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा कर्णाली प्रदेशका आमसञ्चारमाध्यम तथा पत्रकार आचारसंहिता कार्यान्वयनका अवस्था र प्रेस काउन्सिलको प्रादेशिक कार्यालय स्थापनालगायत विषयमा छलफल भएको थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मिडिया तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले जोड दिएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको प्रत्याभूति र मिडियाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । भेटमा प्रदेश सरकारका मन्त्री, काउन्सिलका बोर्ड सदस्य ईश्वरी ओझा, प्रशासकीय अधिकृत रामशरण बोहोरासहित सहभागी हुनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -