स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आगलागीबाट रु एक करोड क्षति

सेयर गर्नुहोस

उर्लाबारी, ४ मङ्सिर : मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ ।
आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मूल्य बराबरको क्षति भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताउनुभयो ।
आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उहाँको रु एक लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ । दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल तथा स्थानीयवासीको प्रयासमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -